Rule 127
सशस्त्र प्रहरी कर्मचारी सदैव ड्युटीमा रहेको मानिने
: (१) सशस्त्र प्रहरी कर्मचारी सदैव आफ्नो ड्युटीमा रहेको मानिने छ र निजलाई जुनसुकै समयमा पनि काममा लगाउन सकिनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीले यस परिच्छेदमा लेखिए बमोजिमका बिदाहरु पाउनेछन् ।
तर सशस्त्र प्रहरी कर्मचारीले बिदालाई अधिकारको रुपमा दाबी गर्न पाउने छैन ।
(३) सशस्त्र प्रहरी कर्मचारीले तालीम र विशेष कारबाहीमा खटिएको अवधिभर सार्वजनिक बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा र किरिया बिदा बाहेक सामान्यतया अन्य बिदा पाउने छैन ।
(४) कुनै सशस्त्र प्रहरी कर्मचारीले झुठ्ठो विवरण देखाई बिरामी बिदा, किरिया बिदा, प्रसूति बिदा वा प्रसुति स्याहार बिदा लिएको ठहरिएमा यस नियमावली अनुसार विभागीय सजाय हुनेछ ।